प्रदेश सरकार
लुम्बिनी प्रदेश
वन,वातावरण तथा भू-संरक्षण मन्त्रालय
वन निर्देशनालय
भू तथा जलाधार व्यवस्थापन कार्यालय
तुलसीपुर, दाङ
भु तथा जलाधार व्यबस्थापन कार्यालय बिभिन्न बिषयगत क्षेत्र सम्बन्धित जनशक्ति सहितको कार्यालय हो । आ.ब. ०३८ /०३९ मा अस्थाई प्रकृतिको जिल्ला भु संरक्षण कार्यालय नामकरण भै स्थापना भएको कार्यालय बि.सं. २०४२ सालमा स्थायी भयो र मुलुक संघियतामा गए सँगै नाम र कार्यक्षेत्र परिबर्तन भई २०७५ साल भाद्र महिनामा यस कार्यालयको स्थापना भएको हो । जलाधार एउटा भौगोलीक क्षेत्र हो जसमा परेको पानी एउटै नदि तथा खोलाबाट निकास भएर जान्छ । जल, जमिन, जनता,जनावर, जंगल जलाधारका तत्वहरु हुन् । जलाधारका तत्वहरु आपसमा अन्तरसम्बन्धित भएर रहेका हुन्छन् । यी अन्तरसम्बन्धित तत्वहरुको एकैपल्ट गरिने व्यबस्थापन एकिकृत जलाधार व्यबस्थापन हो ।एउटा जलाधार क्षेत्रमा पानीको मुहान संरक्षण, पाईप लाईन र धारा निर्माण, प्रयोग भएर खेर जाने पानी संकलन र उपयोग, संरक्षण पोखरीहरु निर्माण, सिंचाई कुलो निर्माण तथा सुधार, पहिरो,खहरे,खोला तथा नदि कटान डुबान नियन्त्रण, फलफुल,घाँस,डालेघाँसका विरुवा रोपन, सडकका पाखाहरु संरक्षण जस्ता अन्तरसम्बन्धित सबै कार्यक्रमहरु एकिकृत रुपमा सँगसँगै संचालन गरेमा मात्र व्यबस्थित र दिगो बिकास हुन्छ भन्ने एकिकृत जलाधार व्यबस्थापनको अबधारणा हो र भू तथा जलाधार व्यबस्थापन कार्यालयले यहि अवधारणा बमोजिम कार्य गर्ने सिद्धान्त हो ।सिंचाईको कुलो बनाईन्छ तर बाँधमा कटान भएर पानी नचढ्ने , बिचमा पहिरो गएर क्षती हुने, पानी पुर्याईएको खेतमा गल्छि पहिरोले क्षती हुने हो भने कुलोको कृषी उत्पादनमा बृद्धि गर्ने उपलब्धि प्राप्त हुदैन । त्यस्तै सडक पुगेको गाँउ नदि कटान,पहिरो, खहरेले क्षतिग्रस्त भयो भने बसोबास गर्ने जनतानै असुरक्षित भएको स्थानमा सडकको खासै उपलब्धि हुदैन । पानी ट्याङ्की,पाईपलाईन, धारा बनाउदैमा श्रोत बढाउने काम भएन भने उक्त श्रोत सुकेमा खानेपानीको दिगो समाधान हुदैन । सडक एउटा निकायले बनाउने, त्यसमा गएको पहिरो नियन्त्रण अर्को निकायले गर्ने प्रावधानले पहिरो नियन्त्रण गर्ने निकायले काम नगरिदिदा सडकको उपयोग गर्न सकिदैन । पानी ट्याङ्की,पाईपलाईन, धारा बनाउने एउटा निकाय र श्रोत संरक्षण, श्रोत बढाउने अर्को निकाय हँदा उक्त निकायले काम नगरिदिएमा र उक्त श्रोत सुकेमा पानी ट्याङ्की,पाईपलाईन र धाराको कुनै औचित्य हुदैन । एउटा सुख्खाग्रस्त गाँउमा कृषी प्रवद्र्धन गर्ने हो भने उपयुक्त बिउ दिने, अनाबस्यक वास्पीकरण रोक्ने उपयुक्त प्रबिधि(छहारी), किफायती सिंचाई प्रबिधि (म्चष्उ क्ष्चचष्नबतष्यल), वर्षाको पानी संकलन गर्ने पोखरिहरु निर्माण, खेर जाने पानी संकलन गरी पोखरी निर्माण र उपयोगी सबै काम एकैपल्ट गर्नु पर्छ, यि काम गर्ने फरक फरक निकाय भएमा र समन्वय नभएमा कृषी उत्पादन बढाउन सकिदैन ।
उदेश्य
कार्यक्षेत्र अन्तरगतका महत्वपूर्ण
जलाधार क्षेत्रहरुको संरक्षण तथा सम्बर्धन गरी बाढी पहिरो, भूक्षय जस्ता
प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ
पु¥याउने ।
जलाधार क्षेत्रहरुको बैज्ञानिक ब्यवस्थापनबाट भू–क्षय
कम गरी जमिनको उर्बराशक्ति कायम राख्नुकोे साथै बिकासको पूर्बाधारहरुको
संरक्षणमा
सघाउ पु¥याउने